००:००:००
ट्रेन्डिङ
विजनेस

आजदेखि दुई कम्पनीको आइपिओ आईपीओ खुला

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
60
आजदेखि दुई कम्पनीको आइपिओ आईपीओ खुला
सारांश
याम्बालिङ्ग हाइड्रोपावर र सानिगाड हाइड्रोको आईपीओ खुलेको हो ।

काठमाडौं । आजदेखि दुई वटा कम्पनीको आईपीओ खुलेको छ । याम्बालिङ्ग हाइड्रोपावर र सानिगाड हाइड्रोको आईपीओ खुलेको हो ।

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।

स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं। १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं। १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार