००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने

रङ्गमञ्च
रङ्गमञ्च
3 दिन अगाडि
134
७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने
सारांश
विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ।

काठमाडौँ। विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले उक्त फेस्टिभलमा औपचारिक रुपमा सहभागी हुने बताएको छ ।

आगामी मे १२ देखि २३ ९२०२६०सम्म फ्रान्सको कान्स सहरमा आयोजना हुने उक्त महोत्सवमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा सहभागी हुन लागेको हो ।

उक्त फेस्टिभलमा स्टलमार्फत नेपाली चलचित्र, फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड, फेस्टिभल प्रतिनिधि तथा दर्शकसमक्ष प्रस्तुत गरिनेछ।

बोर्डका अनुसार कान्स फिल्म फेस्टिभलमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्नो फिल्म तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन्, जसले नेपाली चलचित्रलाई विश्व फिल्म बजारसँग जोड्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डले यस पहललाई नेपाली फिल्म उद्योगलाई विश्व फिल्म मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार