मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
खेलकुद

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

R
Rangamanch
२०२६ जनवरी १६
154
680
बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा
सारांश
क्वार्टरफाइनल प्रवेशको खेलमा बार्सिलोनाले रेसिङ सान्तान्दरलाई २–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो।

काठमाडौँ । स्पेनिस फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले अन्तिम आठको यात्रा तय गरेको छ। बिहीबार राति सम्पन्न क्वार्टरफाइनल प्रवेशको खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टोली रेसिङ सान्तान्दरलाई २–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो।

बार्सिलोनाको जितमा फेरान टोरेस र युवा स्टार लामिन यमलले गोल गर्दै निर्णायक भूमिका खेले। हालै मात्र स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनाले गोलका लागि भने दोस्रो हाफसम्म पर्खनुपर्‍यो।

खेलको ६६औँ मिनेटमा फेरान टोरेसले फर्मिन लोपेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै स्कोरिङको सुरुआत गरे। त्यसपछि अतिरिक्त समयमा पाँच मिनेट थपिँदा लामिन यमलले राफिन्हाको पासमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

यसै राति भएको अर्को खेलमा भ्यालेन्सियाले बर्गोस सिएफलाई २–० ले हराउँदै कोपा डेल रेमा आफ्नो यात्रा अघि बढाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार