मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
खेलकुद

अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक उपलब्धि

R
Rangamanch
२०२६ जनवरी १६
191
700
अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक उपलब्धि
सारांश
बैंककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै नयाँ इतिहास रचेको हो।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटसल टोलीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक ऐतिहासिक जित दर्ता गर्न सफल भएको छ। बैंककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै नयाँ इतिहास रचेको हो।

हुवा माक रंगशालास्थित फुटसल एरिनामा सम्पन्न खेलमा नेपालको जितमा जेनिफर रानामगरले दुई गोल गरिन् भने विमला चौधरी र मनिषा थापामगरले एक–एक गोल थपे। बाँकी एक गोल माल्दिभ्सकी खेलाडी फतिमाथ सैनाबाट आत्मघाती रूपमा प्राप्त भयो।

पहिलो हाफमै चार गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्दै खेललाई एकतर्फी बनायो। खेल सकिनै लाग्दा आत्मघाती गोल भएको थियो। यस जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो स्थान बनाएको छ। यसअघि नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो भने माल्दिभ्स भारतसँग ११–१ को ठूलो अन्तरको हार व्यहोरेको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार