मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

उद्यमी भवानी राणाको नयाँ अवतार, ‘शिव ताण्डव’मा सुनियो उनको स्वर

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
उद्यमी भवानी राणाको नयाँ अवतार, ‘शिव ताण्डव’मा सुनियो उनको स्वर
सारांश
उद्यमी तथा समाजसेवी भवानी राणाले गायनमा पनि पाइला चालेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)की पहिलो महिला अध्यक्षसमेत रहेकी राणाले गायिका सरस्वती खत्रीसँग मिलेर ‘शिव ताण्डव’ गीतमा स्वर दिएकी हुन् ।

काठमाडौँ । उद्यमी तथा समाजसेवी भवानी राणाले गायनमा पनि पाइला चालेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)की पहिलो महिला अध्यक्षसमेत रहेकी राणाले गायिका सरस्वती खत्रीसँग मिलेर ‘शिव ताण्डव’ गीतमा स्वर दिएकी हुन् ।

सुरसुधासँगको सहकार्यमा तयार भएको गीतको भिडियो OSR Digital मार्फत सार्वजनिक गरिएको छ । भिडियो भारतीय राजदूत नवीन श्रीवास्तव, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, एनआरएनएका संस्थापक डा. उपेन्द्र महतो लगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय राणाले पहिलोपटक गायनमार्फत आफ्नो अर्को प्रतिभा प्रस्तुत गरेकी हुन् । गीत सार्वजनिक भएपछि उनको गायनलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया समेत आइरहेका छन् ।

Shiva Tandav || Bhawani Rana, Saraswoti Khatri |
साझा गर्नुहोस्:

सम्बन्धित समाचार