००:००:००
ट्रेन्डिङ
विजनेस

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

R
Rangamanch
२०२६ जनवरी २५
39
 सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
सारांश
शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार