मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

समीर भट्ट र कृशु शाहीको रोमान्सले भरिएको ‘लालीगुराँस’ सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
560
समीर भट्ट र कृशु शाहीको रोमान्सले भरिएको ‘लालीगुराँस’ सार्वजनिक
सारांश
दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ ।

काठमाडौं । दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ ।

शिव परियार र भारतीय गायिका सरोदी कुमार (बोरा)को स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ । सरोदीले भोजपुरी तथा हिन्दी फिल्मका विभिन्न गीतमा स्वर दिइसकेकी छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाही (काफिया)लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । कृशुले यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी हुन् ।

महेश पौडेलको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियोमा हिमाली तथा पहाडी भूगोलका प्राकृतिक दृश्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।

विराज भट्टको निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । फिल्ममा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरीलगायतका कलाकारको अभिनय छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् ।

Lali Gurans || 12 GAUN 2 Movie Official Song 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार