मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

प्रदीपले सार्वजनिक गरे प्रेमिका,२–३ वर्षभित्र विवाह गर्दै प्रदीप खड्का!

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ नोभेम्बर ८
73
1.9K
प्रदीपले सार्वजनिक गरे प्रेमिका,२–३ वर्षभित्र विवाह गर्दै प्रदीप खड्का!
सारांश
अभिनेता प्रदीप खड्काको प्रेम सम्बन्धबारे लामो समयदेखि विभिन्न चर्चा हुँदै आएका थिए । पर्दामा जुन अभिनेत्रीसँग उनको जोडी देखियो, उनीहरूसँगै प्रदीपको नाम पनि प्रेम सम्बन्धको चर्चामा जोडिने गरेको थियो । पूजा शर्मा, जसिता गुरुङदेखि दिव्या रायमाझीसम्मसँग उनको नाम जोडिए पनि ती चर्चा वास्तविकतामा परिणत हुन सकेका थिएनन् ।

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रेम सम्बन्धबारे लामो समयदेखि विभिन्न चर्चा हुँदै आएका थिए । पर्दामा जुन अभिनेत्रीसँग उनको जोडी देखियो, उनीहरूसँगै प्रदीपको नाम पनि प्रेम सम्बन्धको चर्चामा जोडिने गरेको थियो । जसिता गुरुङदेखि दिव्या रायमाझीसम्मसँग उनको नाम जोडिए पनि ती चर्चा वास्तविकतामा परिणत हुन सकेका थिएनन् ।

तर, प्रदीपले आफ्नो वास्तविक प्रेम सम्बन्ध भने सार्वजनिक गरेका छन् । शनिबार प्रेमिकाको जन्मदिनको अवसर पारेर उनले पहिलोपटक उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । तस्बिरसँगै उनले प्रेमिल शब्दमार्फत जन्मदिनको शुभकामना दिँदै प्रेमिकाको जीवनका हरेक खुसीका क्षणमा आफू पनि सहभागी हुन पाऊँ भन्ने चाहना व्यक्त गरेका छन् ।

प्रदीपले प्रेमिकाको नाम र अन्य व्यक्तिगत विवरण भने खुलाएका छैनन् । यसअघि एक अन्तर्वार्तामा आफू सिंगल नरहेको खुलाएका उनले प्रेमिका विदेशमा रहेको समेत बताएका थिए । निकट स्रोतका अनुसार उनकी प्रेमिका अस्ट्रेलियामा बस्दै आएकी छन् ।

प्राप्त जानकारीअनुसार प्रदीप र उनकी प्रेमिकाबीचको सम्बन्ध कलेज जीवनदेखिकै हो । उनीहरू एउटै ब्याचमा अध्ययन गरेका थिए । रोचक कुरा त के छ भने, २०७२ सालको भूकम्पअघि प्रदीप प्रेमिकासँग विवाह गरेर अस्ट्रेलिया जाने योजनामा समेत थिए । तर, त्यही समयमा उनको हातमा फिल्म ‘प्रेमगीत’ पर्‍यो । फिल्मले उनलाई नेपाली फिल्म क्षेत्रमा नयाँ उचाइ दिलाएपछि उनको जीवनको बाटो नै बदलियो ।

अहिले भने प्रदीप प्रेमिकासँग विवाह गर्ने योजनामा रहेको बताइएको छ । स्रोतका अनुसार उनले आगामी २ देखि ३ वर्षभित्र विवाह गर्ने तयारी गरेका छन् ।

कामको कुरा गर्दा प्रदीप मंसिरमा विकास सुवेदीको निर्देशनमा बन्ने फिल्म ‘छब्बीस करोड’मा देखिने तयारीमा छन् । त्यसपछि उनले कृषा चौलागाईंको लभस्टोरी फिल्म ‘उही तिम्रो’मा काम गर्नेछन् । यसबाहेक उनका अन्य केही फिल्म पनि पाइपलाइनमा छन् । यस वर्ष उनको पहिलो फिल्म ‘शुभ विवाह’ भने फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार