मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

पल शाहको ‘यानीमाया’को छायांकन सुरु अन्जना मगर मुख्य भूमिकामा

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अगस्ट १४
69
1.6K
पल शाहको ‘यानीमाया’को छायांकन सुरु अन्जना मगर मुख्य भूमिकामा
सारांश
पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को छायांकन बिहीबारदेखि सुरु भएको छ ।

काठमाडौं । पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को छायांकन बिहीबारदेखि सुरु भएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने बताइएको छ ।

पूर्वोत्तर काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन थालिएको हो । यो फिल्मको पटकथा लेखक र निर्देशक ओम प्रतीक हुन् । यसअघि निर्देशक ओमकै फिल्म ‘मोहर’मा पलले अभिनय गरेका थिए । जुन, बक्सअफिसमा हिट फिल्म हो ।

यो फिल्ममा शाहसहित अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीको अभिनय छ ।फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बालकलारको रुपमा छन् । चन्द्रज्योती आले र पलको लगानीमा तयार हुन लागेको फिल्ममा नवराज उप्रेतीको छायांकन, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माताले गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार