००:००:००
ट्रेन्डिङ
विजनेस

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

Rangamanch
Rangamanch
1 दिन अगाडि
78
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
सारांश
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।निगम सञ्चालक स...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

नयाँ मूल्य इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार समायोजित गरिएको निगमले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार