००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

पार्वतीको नौतुना रेलैमा’ रतौली गीत सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
40
1.1K
पार्वतीको नौतुना रेलैमा’ रतौली गीत सार्वजनिक
सारांश
निता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ शुक्रबार ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

काठमाडौं । निता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ शुक्रबार ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा नेपाली चलचित्र क्षेत्रका चर्चित महिला कलाकारहरूको आकर्षक प्रस्तुति देख्न सकिन्छ।

गीतमा बसुन्धरा भुसाल ,दीपा श्री निरौला, निता ढुङ्गाना, अन्जली अधिकारी, अशोक दर्जी लगायतका कलाकारहरूको अभिनय तथा नृत्य समेटिएको छ। रतौलीको मौलिक स्वाद बोकेको गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको ।

गीतमा दीपा श्री निरौलाको पात्र अझै रोचक देखिएको छ । पुरुषको पहिरनमा नृत्य गरिरहेकी दीपालाई झट्ट हेर्दा चिन्न गाह्रो पर्छ । अटिजम भएकी एक महिलाको भुमिकामा देखिएकी नीतालाई गीतमा भने छमछम नाचेको देख्न सकिन्छ ।

रचना रिमाल, सरु गौतम र सहीमा श्रेष्ठ को स्वर रहेको गीतमा हर्क साउद को शब्द र दीपक शर्मा ले संगीत दिएका छन्।

चलचित्र निता फिल्म को ब्यानरमा निर्माण भएको हो। चलचित्रका निर्माता हरिहर अधिकारी हुन् भने स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका छन्।

त्यसैगरी चलचित्रमा सुदीप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठ को सम्पादन, रामजी लामिछाने को कोरियोग्राफी तथा शंकर पाण्डे कार्यकारी निर्माता (Executive Producer) रहेका छन्।

मौलिक नेपाली संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोडेर तयार पारिएको ‘नौतुना रेलैमा’ ले चलचित्र ‘पार्वती’ प्रति दर्शकको उत्साह अझ बढाउने विश्वास निर्माण टिमले गरेको छ। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो पनि बढ्न थालेको छ। पार्वती भदौ १२ गते बाट प्रदर्शनमा आउदै छ ।

Nautuna Railaima (Ratyauli) || PARVATI Movie Song 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार