मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘पार्वती’को ४ मिनेट लामो ट्रेलर सार्वजनिक, दिदीभाइको मर्मस्पर्शी कथा

रङ्गमञ्च
रङ्गमञ्च
2 दिन अगाडि
12
720
‘पार्वती’को ४ मिनेट लामो ट्रेलर सार्वजनिक, दिदीभाइको मर्मस्पर्शी कथा
सारांश
रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । फि

काठमाडौं । रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको एक साताअघि निर्माण पक्षले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच करिब ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरले दिदीभाइबीचको मर्मस्पर्शी सम्बन्धलाई केन्द्रमा राखेको छ । ट्रेलरमा अभिनेत्री नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा देखिएका छन् । नीताले स्नायु विकाससम्बन्धी समस्या अटिजम भएकी ‘पार्वती’को भूमिका निर्वाह गरेकी छन् भने अशोकले उनका भाइको भूमिका निभाएका छन् ।

दिदीभाइको आत्मीय सम्बन्धसँगै सन्तानप्रति आमाबुबाको प्रेम, सामाजिक अन्धविश्वास तथा फरक क्षमता भएका व्यक्तिलाई समाजले गर्ने व्यवहारलाई ट्रेलरमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले फिल्मको कथा संवेदनशील र पारिवारिक रहेको संकेत गरेको छ ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता छन् । नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता ढुंगानाकै हो । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

फिल्मको छायांकन सुदीप बरालले गरेका छन् भने साहिल खानले सम्पादन गरेका छन् । एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनी रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माले फिल्मका गीतमा संगीत दिएका छन् ।

‘पार्वती’ भदौ १२ गते अर्थात् रक्षा बन्धनको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार