००:००:००
ट्रेन्डिङ
विजनेस

नेप्सेसँगै घट्यो कारोबार रकम

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
43
नेप्सेसँगै घट्यो कारोबार रकम
सारांश
समग्रमा बजार घटे पनि कुनै एनआईबीएल ग्रोथ फण्डबाहेक अरु स्क्रिपमा पाँच प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले गिरावट आएको छ ।

दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर बन्द भएको हो । बजारमा कुल ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ८१ हजार ५८२ पटकको कारोबार मार्फत कुल ६ अर्ब ७३ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन १० अर्ब रहेको कारोबार आज भने ह्वात्तै घटेको हो ।

आज बैंकिङ, होटल, हाइड्रोपावर र अन्य समूहका सूचक बाहेक अरु सबै सूचकहरु घटेका छन् । कुल कारोबारमा १७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ८२ वटा कम्पनीको मूल्य बढेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। आज भुजुङ, सुपर खुदी र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

यसैगरी, रिज इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको मूल्य पनि करिब सर्किट लेभलमा बढेका छन् । समग्रमा बजार घटे पनि कुनै एनआईबीएल ग्रोथ फण्डबाहेक अरु स्क्रिपमा पाँच प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।

रकमका आधारमा आज ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यसैगरी रिलायन्स स्पिनिङ मिल २४ करोड २१ लाख र आँखुखोला जलविद्युत २३ करोड ५७ लाख पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार