गायिका ममता गुरुङको नयाँ गीत ‘ङोलो राजा–माया लाउनु मिल्ला कि नमिल्ला ?’ सार्वजनिक भएको छ। मबिन्द्र राईको शब्द तथा संगीत रहेको गीतमा बिजु कर्मचार्यको ब्याकग्राउण्ड संगीत सुन्न सकिन्छ।
गीतको भिडियोमा गायिका ममता गुरुङ स्वयं हृदय गुरुङसँग रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन्। केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पोखराको धम्पुस गाउँको रमणीय स्थानमा छायांकन गरिएको हो। भिडियोको छायांकन अमन बडुले गरेका हुन्। गीत ममता गुरुङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।
नेपाल आइडल सिजन ३ बाट परिचित ममता आठ वर्षको उमेरदेखि गायनमा सक्रिय छिन्। सन् २०२३ मा रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा विजेता बनेकी उनले नेपाली चलचित्रका गीत, स्टुडियो रेकर्डिङ तथा लाइभ प्रस्तुतिमा समेत आफ्नो गायन प्रस्तुत गर्दै आएकी छन्।
नेपाली भाषासँगै गुरुङ भाषाको अंश र कोरस समावेश गरिएको ‘ङोलो राजा’ मार्फत उनले फरक सांगीतिक स्वाद दिने प्रयास गरेकी छन्। यसअघि उनले गुरुङ भाषाको गीत ‘टपारे फुलफुल्यो’ सार्वजनिक गरेकी थिइन्।
नेपाली र गुरुङ भाषाको फ्युजनमा ममता गुरुङको नयाँ गीत ‘ङोलो राजा’ सार्वजनिक

3 दिन अगाडि
5
600

सारांश
गायिका ममता गुरुङको नयाँ गीत ‘ङोलो राजा–माया लाउनु मिल्ला कि नमिल्ला ?’ सार्वजनिक भएको छ। मबिन्द्र राईको शब्द त...



