मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

नेपाल–भुटान सहकार्यको हरर फिल्म ‘टनेल २६’ असोज २३ गतेदेखि प्रदर्शनमा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
नेपाल–भुटान सहकार्यको हरर फिल्म ‘टनेल २६’ असोज २३ गतेदेखि प्रदर्शनमा
सारांश
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (९ अक्टोबर) देखि प्रदर्शनमा आउने भएको छ ।

काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (९ अक्टोबर) देखि प्रदर्शनमा आउने भएको छ ।

शनिबार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्म नेपाल र भुटानका हलमा एकसाथ रिलिज हुनेछ ।

डीडी किन्लेले लेखन तथा निर्देशन गरेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा लगायतका कलाकारको अभिनय छ । फिल्ममा अभिनेता प्रदीप खड्काको विशेष भूमिका रहेको छ । उनी फिल्मका क्रिएटिभ प्रोड्युसरसमेत हुन् ।

फिल्मको टिजर यसअघि नेपाली र भुटानी भाषामा सार्वजनिक भइसकेको छ । टिजरमा अनुप विक्रम शाही र आना शर्मालाई देखाइएको छ ।

भुटानमा छायांकन गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम थाइल्याण्डमा भइरहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार