००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर

रङ्गमञ्च
रङ्गमञ्च
2 दिन अगाडि
55
1.5K
‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर
सारांश
स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ।

काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ। शनिबार साँझ तिनकुनेस्थित रोयल म्याजेस्टी इभेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पाँचौँ संस्करणको घोषणा भएको हो। यस वर्षको कार्यक्रम, उद्देश्य तथा कार्यतालिकाबारे आयोजक नितु श्रेष्ठले जानकारी गराएकि हुन् ।

स्पार्कल इन्टरटेन्मेन्टकी संस्थापक तथा आयोजक नीतु श्रेष्ठले सिजन ५ लाई विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गरिने बताउनुभयो। साथै, प्रतियोगिताले महिलाहरूको प्रतिभा, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

पूर्व मिस नेपाल उषा खड्गीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उहाँलाई प्रतियोगिताको ब्रान्ड एम्बासडरका रूपमा समेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्य, गत संस्करणकी विजेता फर्स्ट रनरअप प्रतिक्षा खनाललगायतको उपस्थिति रहेको थियो।

आयोजक संस्थाका अनुसार प्रतियोगितामा नेपालभरका १८ देखि ४५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको अडिसन असार २७ गते आयोजना गरिनेछ भने ग्रान्ड फिनाले भदौ ६ गते सम्पन्न हुनेछ।

महिला सशक्तिकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनलाई मुख्य उद्देश्य बनाएको प्रतियोगिताको यस संस्करणमा ‘द कृश्माज कलेक्सन’ गहना साझेदार तथा ‘एभेन्टोज’ भोटिङ साझेदारका रूपमा आबद्ध भएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार