००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
23
960
‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन
सारांश
फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् ।

काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र भुसालबीच लिखित सम्झौता भएको हो ।

फिल्ममा अनुबन्धित भएपछि भुसालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले काम गर्न तयार भएको बताए । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन् । प्रविन आचार्य प्रस्तुतकर्तामा छन् भने सह-निर्माताको रूपमा छिरिङ तामाङ छन् । हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ । फिल्मका लेखक सुमन गजमेर हुन् । निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ। निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायाङ्कनमा जाने तयारी गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार