००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘कमेडी दरबारको तेस्रो सिजनमा हिमेश र उत्सव ‘आउट’, दीया मास्केको इन्ट्री

योगेन्द्र नगरकोटी
२०२६ अप्रिल ८
201
780
‘कमेडी दरबारको तेस्रो सिजनमा हिमेश र उत्सव ‘आउट’, दीया मास्केको इन्ट्री
सारांश
‘कमेडी दरबार ३’ ले अघिल्ला दुई सिजनको सफलतालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं । दर्शकको अपार माया र समर्थनबाट उत्साहित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ ले आफ्नो तेस्रो सिजनको घोषणा गरेको छ। नयाँ सिजन अझ भव्य सेट, परिष्कृत प्रस्तुति शैली र थप मनोरञ्जनका साथ दर्शकमाझ आउने आयोजकले जनाएको छ।

यस सिजनमा महाराजको भूमिकामा मनोज गजुरेल र महारानीको भूमिकामा गीता श्रेष्ठ यथावत् रहनेछन् भने नयाँ कलाकारका रूपमा अभिनेत्री दिया मास्के पनि जोडिएकी छन्।

कार्यक्रममा यसअघि जस्तै लोकप्रिय कमेडियनहरू—केदार घिमिरे ९माग्ने बुढा०, सन्दीप क्षेत्री, सुमन कार्की लगायतको निरन्तरता रहनेछ। साथै, सीता विजया अधिकारी, विश्वास तिम्सिना, सुमना श्रेष्ठ, पवन खतिवडा र विकास आचार्य जस्ता कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ।

कार्यक्रमको लेखन टिममा विकास आचार्य र सरोज भण्डारी रहेका छन् भने होस्टको रूपमा सञ्जिना खनाल र विक्की अग्रवाल देखिनेछन्। निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गर्नेछन्।

‘कमेडी दरबार ३’ प्रत्येक शुक्रबार राति ८ बजे ओएसआर रियालिटीमार्फत प्रसारण हुने बताइएको छ। यस सिजनले अझ परिष्कृत सामग्री र उच्चस्तरीय मनोरञ्जनमार्फत दर्शकलाई नयाँ अनुभव दिने विश्वास निर्माण पक्षको छ।

‘कमेडी दरबार ३’ ले अघिल्ला दुई सिजनको सफलतालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार