मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

'किन रुन हुन्नर मर्दले’का शब्दकार राम शर्माको पहिलो गीतमै अवार्ड, भन्छन्– ‘जिम्मेवारी थपिएको महसुस भयो’

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
2
540
'किन रुन हुन्नर मर्दले’का शब्दकार राम शर्माको पहिलो गीतमै अवार्ड, भन्छन्– ‘जिम्मेवारी थपिएको महसुस भयो’
सारांश
‘किन रुन हुन्न र मर्दले’ बोलको गीतका शब्दकार राम शर्माले छैठौँ नेपाल म्युजिक एण्ड फेसन अवार्ड मा उत्कृष्ट शब्दकारको अवार्ड जितेका छन्।

काठमाडौँ । ‘किन रुन हुन्न र मर्दले’ बोलको गीतका शब्दकार राम शर्माले छैठौँ नेपाल म्युजिक एण्ड फेसन अवार्ड मा उत्कृष्ट शब्दकारको अवार्ड जितेका छन्। आज सम्पन्न अवार्ड समारोहमा शर्माले आफ्नो पहिलो गीतबाटै उत्कृष्ट शब्दकारको सम्मान प्राप्त गरेका हुन्। राम शर्माको शब्द रहेको यस गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। गीतमा बिक्रम बुढाथोकी र एलिना रायमाझिले अभिनय गरेका छन् भने रोशन सिंहले संगीत कम्पोज गरेका हुन्। गीतको निर्देशन भने बिक्रम चौहानले गरेका हुन्। पहिलो गीतबाटै अवार्ड प्राप्त गरेपछि राम शर्मा यो सम्मानलाई आफ्नो लागि विशेष उपलब्धिका रूपमा लिएका छन्। उनले यो अवार्डले आफ्नो सिर्जनात्मक यात्रामा खुसीसँगै थप जिम्मेवारी पनि बढाएको बताएका छन्। “यो अवार्ड मेरो लागि सामान्य अवार्ड होइन। पहिलो गीतबाटै अवार्ड प्राप्त गर्न पाउँदा निकै खुसी र गर्व महसुस भइरहेको छ। यो सम्मानले आगामी दिनमा अझ राम्रो सिर्जना गर्नुपर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु,” शर्माले भनेका छन्। उनले आफ्नो सिर्जनालाई माया गर्ने दर्शक–श्रोताको साथ र समर्थनकै कारण आफूले यो सम्मान प्राप्त गर्न सकेको बताए। “दर्शक–श्रोताको माया, साथ र सपोर्टले आज यो सम्मान पाउँदा निकै गर्वान्वित महसुस भइरहेको छ। यो सम्मानलाई आगामी यात्रामा अझ राम्रो काम गर्ने प्रेरणाका रूपमा लिएको छु,” उनले थपे। ‘किन रुन हुन्नर मर्दले’ गीतको यो सम्मानले शब्दकार राम शर्मासँगै गीतमा जोडिएका गायक प्रमोद खरेल, कलाकार बिक्रम बुढाथोकी र एलिना रायमाझि, संगीतकार रोशन सिंह तथा निर्देशक बिक्रम चौहानसहितको टिमको सिर्जनात्मक यात्रालाई समेत थप उत्साह दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार