००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ११
186
300
‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी
सारांश

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ ।

६३ दिनको सुटिङ्पछि आज बुधबार फि...

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ ।

६३ दिनको सुटिङ्पछि आज बुधबार फिल्म छायांकन सम्पन्न भएको हो । यसको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साढे तीन करोडको लगानीमा फिल्म सम्पन्न गर्ने योजना भएतापनि हलसम्म जाँदा ४ करोडको लगानी हुने जानकारी दिए ।

उनले भने, ‘ ६३ दिनको सुटिङ्पछि आज फिल्म छायांकन सम्पन्न भएको छ । पहिलासाढे तीन करोडमा फिल्म सकाउने हामीले अनुमान गरेको थियौं तर हलसम्म पुग्दा ४ करोडको खर्च आउने देखिएको छ ।’

यसको पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहेपनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण भएको पनि उनको भनाई छ ।

साथै, उनले यो सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित फिल्म भएको भन्दै यसले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउने प्रयास गरेको बताए ।

‘यो फिल्म सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित छ । यसबाट हामीले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउन खोजेका छौ’ उनले भने ।

उनका अनुसार ‘झिंगेदाउ २’ लाई २०८३ सालको फुलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ ।

कथा देउजाकै हो भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । साथै, फिल्ममा विष्णु घिमिरे कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको सम्पादन रहेको छ ।

फिल्मको सुटिङ् पनौती, काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा खिचिएको छ ।

दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ ।

फिल्मको अघिल्लो भागले घरेलु बक्सअफिसमा साढे चार करोड हाराहारीमा कमाइ गरेको थियो ।

Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार