मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
12 घण्टा अगाडि
5
600
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक
सारांश
खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ ।

काठमाडौं । खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रचना छ । गायक एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन् ।

उपासना सिंह ठकुरी र सोनम तोप्देन फिचर्ड गीतमा रत्न बीकेको बाँसुरी, मादल तथा खैंजडीमा मदन रेग्मी, पञ्चेबाजा शिशिर परियार र सारंगी हेमन्त कान्छा रसाइलीले बजाएका छन् । गीतको भिडियो सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी हेर्न सकिन्छ । यो गीतको भिडियोमा सिनेमाका कलाकाहरू अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर, प्रवेश राईलाई पनि प्रस्तुत गरिएको छ ।

यसअघि सिनेमाको ‘चाँदी चलप’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीत दर्शकले निकै रुचाएका छन् । दोस्रो गीतलाई पनि उत्तिकै माया पाउने निर्माण टिमको अपेक्षा छ ।

सिनेमामा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु) लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

यहि सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको सिनेमा आगामी मंसिर ४ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन् ।

‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

JALE RUMAL MAYALAI - (कौडा) - Jalaaki Movie |
साझा गर्नुहोस्:

सम्बन्धित समाचार