मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

जेनजी पुस्ताको प्रेम र मित्रताको कथा बोकेर आउँदै ‘ल्याङ्ग ल्याङ्ग’

रङ्गमञ्च
रङ्गमञ्च
4 घण्टा अगाडि
4
580
जेनजी पुस्ताको प्रेम र मित्रताको कथा बोकेर आउँदै ‘ल्याङ्ग ल्याङ्ग’
सारांश
बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ ।

काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । हरिपरिवर्तिनी एकादशीको अवसर पारेर मंगलबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै चलचित्रको औपचारिक निर्माण थालिएको हो ।

शुभ मुहूर्त कार्यक्रममा निर्देशक चौहानसहित चलचित्रका कलाकार तथा निर्माण टिमको उपस्थिति थियो । चलचित्रको छायांकन भने बुधबार (७ असोज)देखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिएका छन् ।

निर्माण टिमले चलचित्रको छायांकनका लागि ३५ दिनको समय निर्धारण गरेको छ । काठमाडौंमा प्रारम्भिक चरणको छायांकन सकेपछि टोली असोजको दोस्रो साता झापा पुग्नेछ । त्यसपछि सुनसरीको इटहरी उपमहानगरपालिकामा समेत चलचित्रका विभिन्न दृश्य खिचिने जनाइएको छ ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रमा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, विनोद सिंह थापा, प्रज्वल दुलाल, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ । भोलानाथ कटुवाल चलचित्रका निर्माता हुन् ।

बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा कथा तथा पटकथा लेखेका हुन् । चलचित्रमा रवि रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त सिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत तथा साश्वत श्रेष्ठको बीजीएम रहनेछ । मित्र डी गुरुङले सम्पादन गर्नेछन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार