नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।
बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




