मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

हलमा ‘झिँगेदाउ २’को रौनक कायमै, दोस्रो सातामा पनि उत्साहजनक उपस्थिति

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
560
हलमा ‘झिँगेदाउ २’को रौनक कायमै, दोस्रो सातामा पनि उत्साहजनक उपस्थिति
सारांश

काठमाडौं । गत असोज २ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिँगेदाउ २’ दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प...

काठमाडौं । गत असोज २ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिँगेदाउ २’ दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको चलचित्रले दोस्रो साताको शुक्रबार र शनिबार पनि हलमा आफ्नो उपस्थिति बलियो बनाएको निर्माण पक्षले जनाएको छ।

पारिवारिक सम्बन्ध, त्यसबाट उत्पन्न हुने मनमुटाव र परिस्थितिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले पहिलो सातामा करिब डेढ करोड रुपैयाँ आसपासको व्यापार गरेको वितरकको भनाइ छ। चलचित्रको आधिकारिक बक्स अफिस विवरण भने सोमबार सार्वजनिक हुने बताइएको छ।

निर्देशक ज्ञानेन्द्र देउजाले दोस्रो सातामा पनि चलचित्रप्रति दर्शकको चासो निरन्तर रहेको बताए। उनका अनुसार चलचित्र हेर्दा दर्शक विभिन्न दृश्यमा खुलेर हाँस्नुका साथै भावुकसमेत हुने गरेका छन्।

‘झिँगेदाउ २’ले विशेषगरी परिवारभित्र देखिने सम्बन्धको उतारचढाव, झगडा र त्यसबाट सिर्जना हुने परिस्थितिलाई कथाको मुख्य आधार बनाएको छ। यही विषयवस्तुले दर्शकसँग भावनात्मक रूपमा जोडिन सफल भएको निर्देशक देउजाको भनाइ छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको लेखनमा गोविन्द फुयाँल र शिशिर चालिसे पनि जोडिएका छन्। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा छन्।

चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार