मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘गौँथली’को कमाइ २५ करोड ९४ लाख नाघ्यो, हेर्नेको संख्या ९ लाख ४० हजार

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
560
‘गौँथली’को कमाइ २५ करोड ९४ लाख नाघ्यो, हेर्नेको संख्या ९ लाख ४० हजार
सारांश
डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले नेपाली बक्स अफिसमा बलियो व्यापारलाई निरन्तरता दिएको छ ।

काठमाडौँ । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले नेपाली बक्स अफिसमा बलियो व्यापारलाई निरन्तरता दिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

असोज ४ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार फिल्मलाई ९ लाख ४० हजार ९१५ दर्शकले हेरेका छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले प्रदर्शनको लामो समयपछि पनि दर्शकको साथ पाइरहेको देखिएको छ ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार