मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘एलिफेन्ट्स इन द फग’ले १ करोड १६ लाख कमाउँदा ‘पार्वती’को कमाइ कति ?

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
2
540
‘एलिफेन्ट्स इन द फग’ले १ करोड १६ लाख कमाउँदा ‘पार्वती’को कमाइ कति ?
सारांश
निता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले बक्स अफिसमा २ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।

काठमाडौँ । निता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले बक्स अफिसमा २ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको असोज ४ गते राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार फिल्मले २ करोड २४ लाख ३१ हजार ८८३ रुपैयाँ ८३ पैसा कमाएको हो ।

उक्त अवधिसम्म ‘पार्वती’लाई ७९ हजार ८४६ दर्शकले हेरेका छन् ।

यस्तै, अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले १ करोडभन्दा बढीको व्यापार गरेको छ । बोर्डको तथ्यांकअनुसार फिल्मको कुल ग्रस कलेक्सन १ करोड १६ लाख ५४ हजार ९७० रुपैयाँ रहेको छ । फिल्म हेर्ने दर्शकको संख्या ३३ हजार १३६ पुगेको छ ।

दुवै फिल्मको पछिल्लो बक्स अफिस आँकडा चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ गतेसम्मको विवरणमा आधारित छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार