काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ५’को शुभ–मुहूर्त गरिएको छ । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मको शुक्रबार ललितपुरस्थित पाटनको बङ्गलामुखी मन्दिरमा शुभ–मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्म युनिट छायाङ्कनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको छ ।
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा फिल्म छायाकन गर्न आफू उत्साहित रहेको बताइन् । ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत सङ्गम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ’ उनले भनिन् ’फिल्मले पर्यटन प्रवर्द्धन समेत गर्नेछ ।’फिल्ममा अनमोल केसी, सुहाना थापाको मुख्य भूमिका रहेको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।रामजी लामिछानेको कोरियोग्राफी, कल्याण सिंह, आशिष अविरल, कोसिस क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको सङ्गीत, रहने फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।





