मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

दसैं छाडेर तिहारमा पुग्यो ‘बाटुलो जून’, कात्तिक २६ मा प्रदर्शन

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
2
540
दसैं छाडेर तिहारमा पुग्यो ‘बाटुलो जून’, कात्तिक २६ मा प्रदर्शन
सारांश
अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ अब कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ अब कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

यसअघि दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मलाई हलमा प्रदर्शनको चापलाई मध्यनजर गर्दै तिहारमा सारिएको हो । अब फिल्म भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गते (१२ नोभेम्बर) बाट दर्शकमाझ आउनेछ ।

निर्देशक भुवन केसीका अनुसार दसैंमा अन्य चार फिल्म प्रदर्शनमा आउने तय हुनुका साथै थप एउटा फिल्म पनि आउने भएपछि पर्दा बाँडफाँडमा समस्या हुनसक्ने प्रदर्शक तथा वितरकको सुझावका आधारमा प्रदर्शन मिति परिवर्तन गरिएको हो ।

फिल्मको नयाँ पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल भावमा देखिएका छन् । पोस्टरमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनसँगै अनमोलको लुक्सले पुरानो समयको झल्को दिन्छ । सार्वजनिक पोस्टरले फिल्म ग्रामीण परिवेशमा आधारित प्रेमकथा रहेको संकेत गरेको छ ।

सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह-निर्माताका रूपमा छन् । फिल्मको कथा तथा पटकथा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।

फिल्ममा अनमोल र प्रिन्सीसहित भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर सिवाकोटीलगायत कलाकारको अभिनय छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार