मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘द राइज अफ साम्राज्य’मा सुशील श्रेष्ठको इन्ट्री

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
‘द राइज अफ साम्राज्य’मा सुशील श्रेष्ठको इन्ट्री
सारांश
निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् ।

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् । फिल्ममा सुशीलले महत्वपूर्ण भूमिकामध्ये एकमा अभिनय गर्ने निर्देशक चौधरीले जानकारी दिएका छन् ।

फिल्ममा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन् । नयाँ कलाकारको रूपमा सुशीलको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको छ ।

‘एपिक एक्सन ड्रामा’ भनिएको फिल्मको छायांकन करिब ७० दिनमा पूरा गर्ने तयारी छ । फिल्मका अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिने निर्देशक चौधरीले बताएका छन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत सहायक निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

निर्देशक चौधरीले यसअघिका आफ्ना फिल्मभन्दा अझ ठूलो क्यानभास र भव्य स्तरमा ‘द राइज अफ साम्राज्य’लाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार