मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
40 मिनेट अगाडि
2
540
‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक
सारांश
बडादसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

काठमाडौं । बडादसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

अभि सुनारको शब्द तथा संगीत रहेको गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माको स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोमा ‘बेबी सावर’लाई मुख्य परिवेश बनाइएको छ।

भिडियोमा अभिनेता दीपकराज गिरीसँगै अभिनेत्री केकी अधिकारी र सनिशा भट्टराईलाई गर्भवती भूमिकामा प्रस्तुत गरिएको छ। परिवार, दाम्पत्य जीवन र सन्तानसँग जोडिएका रमाइला प्रसङ्ग तथा पारिवारिक नोकझोकलाई गीतमार्फत मनोरञ्जनात्मक शैलीमा देखाइएको छ।

शीर्ष गीतको भिडियोमा रायन गिरी, प्रकाश घिमिरे, रमा थपलिया, बुद्धि तामाङ, कर्म शाक्य, विष्णु सापकोटा, मेक्सम गौडेल, रवीन्द्र झा, सरदा गिरी, जेसिका पोखरेल र दीपाश्री निरौलालगायतका कलाकारसमेत देखिन्छन्।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन्। फिल्मको कथा पनि लामाकै रहेको छ भने पटकथा दीपकराज गिरीले लेखेका हुन्। रोहित अधिकारी फिल्मका निर्माता हुन्।

वि.सं. २०७६ मा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’को दोस्रो शृङ्खलाका रूपमा ‘छ माया छपक्कै २’ निर्माण गरिएको हो। निर्माण पक्षका अनुसार पहिलो भागकै शैलीमा यसपटक पनि पारिवारिक तथा सामाजिक विषयलाई हास्यव्यङ्ग्यसँग जोडेर प्रस्तुत गरिएको छ।

फिल्मले परिवार, दाम्पत्य सम्बन्ध र सन्तानसँग सम्बन्धित विषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने जनाइएको छ। फिल्म असोज ३१ गते फूलपातीदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

CHHA MAYA CHHAPAKKAI 2
साझा गर्नुहोस्:

सम्बन्धित समाचार