मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘चमेलीको पोइ’को ट्रेलरमा प्रेम, वियोग र झगडा, सुरक्षाको रोचक अवतार

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
‘चमेलीको पोइ’को ट्रेलरमा प्रेम, वियोग र झगडा, सुरक्षाको रोचक अवतार
सारांश
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरमा प्रेम, वियोग र झगडालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

मुस्ताङको सेटिङमा तयार भएको फिल्ममा सुरक्षा पन्तलाई मन पराउने तीन युवाको कथा देखाइएको छ । कडा स्वभावकी सुरक्षाले पुरुष पात्रहरूसँग गर्ने झगडा र कुटपिटका दृश्य ट्रेलरमा समेटिएका छन् । साथै, सुरक्षा र मुकुन भुसाल फिल्ममा श्रीमान्–श्रीमतीको भूमिकामा रहेको खुलासा भएको छ ।

असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरक्षा र मुकुनसँगै विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतमलगायतका कलाकारको अभिनय छ । ‘प्रेम चरो’का रूपमा परिचित नारायण त्रिपाठीले यही फिल्ममार्फत दुई दशकपछि अभिनयमा पुनरागमन गरेका छन् ।

CHAMELI KO POI || Movie Official Trailer 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार