मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चार भाषामा आयो ‘प्रतिवैरम्’को ‘माहोल गरम’, प्रियंकाको दमदार नृत्य

रङ्गमञ्च
रङ्गमञ्च
27 मिनेट अगाडि
0
500
चार भाषामा आयो ‘प्रतिवैरम्’को ‘माहोल गरम’, प्रियंकाको दमदार नृत्य
सारांश
आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ ।

काठमाडौँ । आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा सार्वजनिक गरिएको आइटम गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ । गीतमा गहृतिका श्रेष्ठले स्वर दिएकी छन् ।

गीतको हिन्दी संस्करण ‘जवानी कातिल’ शीर्षकमा सार्वजनिक गरिएको छ । यसमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ । त्यस्तै, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् । उनलाई भिडियोमा ‘वसन्ती’को रूपमा प्रस्तुत गरिएको छ ।

रेज इन्टरटेनमेन्टले आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा सम्राट दास, विरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण विक, आशिष डिके, रमेश बुढाथोकीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई रोशन दासले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको फिल्ममा कृष्ण बर्देवाको छायांकन, कबीर ओडको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, मनीष अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन तथा समीर मियाँको भिएएफएक्स रहेको छ ।

फिल्मको कथा निर्देशक दास स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका हुन् ।

Mahol Garam | "PRATIBAIRAM" Movie Item Song 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार