काठमाडौं । नेपाली चलचित्र ‘रमिताको पिरतीको’ अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबीच युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । ट्रेलर सार्वजनिकपछि फिल्मको लेखक तथा निर्देशक सुदीप्ताले चलचित्र मार्फत महिलाहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा देखाउन खोजिएको जानकारी दिइन् । अहिलेको युवाहरुसँग सम्बन्धित रहेर फिल्म निर्माण गरिएको उनको भनाई छ ।




