मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक, प्रेमिल भावमा पारस र दिव्या

रङ्गमञ्च
रङ्गमञ्च
12 घण्टा अगाडि
23
920
‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक, प्रेमिल भावमा पारस र दिव्या
सारांश
हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ।

काठमाडौं । हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ।

प्रेमिल भाव समेटिएको गीतमा सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ। पोखरेल फिल्मका प्रस्तुतकर्ता समेत हुन्। गीतले युवायुवतीबीचको प्रेम, समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ।

दार्जिलिङ, मिरिक र सिक्किमका आकर्षक चिया बगानदेखि फुटबल मैदानसम्म छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ।

यसअघि सार्वजनिक गरिएको फिल्मको ‘दिलमा ठाउँ छ’ गीतले दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरिसकेको छ। उक्त गीतलाई युट्युबमा झन्डै ९० लाख पटक हेरिएको छ भने टिकटकमा १० लाखभन्दा बढी भिडियो बनेका छन्। गीतको लोकप्रियताले फिल्मप्रति दर्शकको चासो बढाउनुका साथै विदेशमा समेत फिल्मको माग बढाउन महत्त्वपूर्ण भूमिका खेलेको निर्माण पक्षको भनाइ छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस बम ठकुरी र दिव्या रायमाझीसहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका निर्माता प्रताप शमशेर राणा हुन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन्।

‘बेहुली’ भदौ २६ गतेदेखि नेपाली चलचित्र हलमा प्रदर्शन हुँदैछ।

Ma Bhaina Bhane || BEHULI Nepali Movie Song
साझा गर्नुहोस्:

सम्बन्धित समाचार