००:००:००
ट्रेन्डिङ
विजनेस

बालेन सरकारलाई शेयरबजारको रातो झण्डा, गयो पहिरो

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २९
85
140
बालेन सरकारलाई शेयरबजारको रातो झण्डा, गयो पहिरो
सारांश
अघिल्लो कारोबार दिनको तुलनामा आजको गिरावटलाई प्राविधिक सच्याइका रूपमा पनि कतिपय विश्लेषकहरूले लिएका छन्।

गत साता उल्लेख्य सुधार देखिएको बजार यस साताको सुरुवातमा २.४० प्रतिशतले ओरालो लागेको छ। आइतबारको कारोबारपछि नेप्से परिसूचक २८७९.११ विन्दुमा खुम्चिएको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा झरेको छ।

बजार उच्च अंकले घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर कुल १ लाख ९६ हजार १५८ पटक खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ।

आज बजारमा रहेका सबै १३ वटै उपसूचकहरू राताम्मे देखिएका छन्, अर्थात् सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ। कुल २५६ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ९ कम्पनीको मूल्य मात्र बढेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।

बजारमा समग्र गिरावट आए पनि ६ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताहरूले यी निश्चित कम्पनीहरूमा भने उच्च आकर्षण देखाएका छन्। अघिल्लो कारोबार दिनको तुलनामा आजको गिरावटलाई प्राविधिक सच्याइका रूपमा पनि कतिपय विश्लेषकहरूले लिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार