मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘बा: एक योद्धा’को व्यापारमा देखियो ‘वर्ड अफ माउथ’को प्रभाव, बढ्यो शो र अकुपेन्सी

रङ्गमञ्च
रङ्गमञ्च
58 मिनेट अगाडि
7
640
‘बा: एक योद्धा’को व्यापारमा देखियो ‘वर्ड अफ माउथ’को प्रभाव, बढ्यो शो र अकुपेन्सी
सारांश
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बा: एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको सुरुवाती तीन दिन निरन्तरको झरीले व्यापारमा असर गरे पनि मंगलबारदेखि भने फिल्मले हलमा दर्शकको चाप बढाउन थालेको हो ।

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बा: एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको सुरुवाती तीन दिन निरन्तरको झरीले व्यापारमा असर गरे पनि मंगलबारदेखि भने फिल्मले हलमा दर्शकको चाप बढाउन थालेको हो ।

मंगलबार ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा प्रदर्शन हुँदा फिल्मले देशव्यापी रूपमा ७० प्रतिशतभन्दा बढी अकुपेन्सी हासिल गरेको थियो । बुधबार पनि फिल्मको देशव्यापी अकुपेन्सी सुखद देखिएको छ । काठमाडौंका क्यूएफएक्स भक्तपुर, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब, बिग मुभिज, क्यूएफएक्स सिभिल, सिटी स्क्वायर, वान् सिनेमाजलगायतका हलमा बुधबार फिल्मको अकुपेन्सी ८० प्रतिशत हाराहारीमा रहेको बताइएको छ ।

काठमाडौं बाहिर पोखरा, बुटवल, नेपालगन्ज, दमक, इटहरीलगायतका शहरका हलमा पनि फिल्मले राम्रो अकुपेन्सी कायम गरेको छ ।

दर्शकको चाप बढेसँगै मल्टीप्लेक्सहरूले फिल्मको शोसमेत वृद्धि गरेका छन् । देशव्यापी ६० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले बुधबार एक सयभन्दा बढी शो पाएको वितरक आशिष तामाङले जानकारी दिए । उनका अनुसार बुधबारको अकुपेन्सी प्रदर्शनयताकै उच्च रहेकाले बिहीबारदेखि फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाउन सक्नेछ ।

हरि लम्सालको निर्देशनमा बनेको फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू भावुक हुँदै हलबाट निस्किएको निर्माण पक्षको भनाइ छ । कतिपय दर्शकले हरेक अभिभावकले आफ्ना सन्तानलाई ‘बा: एक योद्धा’ देखाउनुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले यसलाई बुवाको कथामा बनेका उत्कृष्ट नेपाली फिल्ममध्ये एक भएको बताएका छन् ।

वसन्त लम्सालको लगानीमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारको अभिनय छ ।

फिल्मले सन्तानका लागि एक बाबुले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ । बुवाको भूमिकामा दिव्यदेवको अभिनयलाई फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार