काठमाडौं । फिल्म ‘बा : एक योद्धा’ ले पहिलो झलक सार्वजनिक गरेको छ । पोस्टरले शीर्ष भूमिका ‘बा’को रोलमा अभिनय गर्ने कलाकारबारे खुलासा गरेको छ ।
जसअनुसार, दिब्यदेव पन्तलाई बाको भूमिकामा देख्न सकिन्छ । उनको पात्र केही तनावमा देखिन्छ ।
सन्तानका लागि बुवाले गर्ने संघर्षको कथा फिल्मले भन्ने संकेत गर्दै पोस्टरले अर्को तथ्य पनि उजागर गरेको छ ।
फिल्ममा सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको पनि अभिनय छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । यो फिल्म १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।





