मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

अशोक दर्जीको स्वरमा ‘पार्वती’को मर्मस्पर्शी गीत ‘मेरी दिदी’ सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अगस्ट ११
48
1.3K
अशोक दर्जीको स्वरमा ‘पार्वती’को मर्मस्पर्शी गीत ‘मेरी दिदी’ सार्वजनिक
सारांश
अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ ।

काठमाडौं ।अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको मर्मस्पर्शी गीत दर्शकमाझ ल्याएको हो । कार्यक्रममा अशोकले ब्यान्डको साथमा सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा दिदीभाइको सम्बन्धलाई मुख्य विषय बनाएर रक्षाबन्धनको प्रसंग जोडिएको छ । टाढा गएकी दिदीलाई सम्झँदै भाइले गरेको बिलौना गीतमा सुन्न सकिन्छ । भिडियोमा नीता ढुंगाना र अशोक दर्जी देखिएका छन् । नीताले फिल्ममा अटिजम भएकी पार्वती पात्रको भूमिकामा अभिनय गरेकी छन् ।

जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।

नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व संगीत, प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन संगीत रहेको छ ।

Meri Didi || PARVATI Movie Official Song 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार