मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक, पल–मलिकाको रोमान्टिक केमेस्ट्री

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
2
540
‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक, पल–मलिकाको रोमान्टिक केमेस्ट्री
सारांश
दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ।

काठमाडौं । दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। प्रेमिल भावको गीतमा धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। गीतमा युवायुवतीबीचको प्रेम र समर्पणलाई प्रस्तुत गरिएको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा साहिल खानको सम्पादन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र मलिका महत देखिएका छन्। उनीहरूले रोमान्टिक भावमा आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा पल र मलिकाबीच विवाहको विषयलाई लिएर नोंकझोकसमेत देखाइएको छ।

त्यस्तै, भिडियोमा आकाश श्रेष्ठको प्रवेशले फिल्मको कथालाई त्रिकोणात्मक प्रेमतर्फ संकेत गरेको छ। गीतको भिडियोले फिल्मको प्रेमकथाबारे दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा पल शाह, मलिका महत र आकाश श्रेष्ठसँगै विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म समेत हो।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको कथा तथा पटकथा चन्द्र पन्तले लेखेका हुन् भने संवाद सन्तोष भट्टको रहेको छ। फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम–लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन रहेको छ।

फिल्मले आमा–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। दसैंको अवसरमा असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पहिलो गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा बढेको छ।

Achel Kina Kanchhi || AA BATA AAMA 2 Movie Song 2026 ||
साझा गर्नुहोस्:

सम्बन्धित समाचार