००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

उत्तम प्रधान र निरुता सिंह करिब दुई दशकपछि पुनः एकसाथ

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल २०
145
1.1K
उत्तम प्रधान र निरुता सिंह करिब दुई दशकपछि पुनः एकसाथ
सारांश
नेपाली फिल्म सारथीको शुभमुहूर्त गरिएको छ।

काठमाडौं | कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म सारथीको शुभमुहूर्त गरिएको छ।

अक्षय तृतियाको अवसरमा भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्म युनिट छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको हो।

निर्देशक गजुरेलका अनुसार वैशाख ९ गतेदेखि करिब ४० दिनसम्म गुर्जा खानी आसपासका रमणीय स्थानमा छायांकन गरिनेछ।

यस फिल्मबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन्। करिब तीन दशकको अनुभवसहित उनी दर्शकलाई उत्कृष्ट कथा प्रस्तुत गर्ने लक्ष्यसहित निर्माणमा होमिएका छन्।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा बन्ने यस फिल्ममा उत्तम प्रधान र निरुता सिंह करिब दुई दशकपछि पुनः एकसाथ देखिने भएका छन्, जसले दर्शकमाझ उत्सुकता थपेको छ।

फिल्ममा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार