००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘चिरञ्जीवी भवः’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै प्रशंसा

रङ्गमञ्च
रङ्गमञ्च
4 दिन अगाडि
61
100
फिल्म ‘चिरञ्जीवी भवः’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै प्रशंसा
सारांश
मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीलाई अब दर्शकले ठूलो पर्दामा हेर्न पाउने भएका छन् ।

काठमाडौं ।मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीलाई अब दर्शकले ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनले फिल्म ‘चिरञ्जीवी भवः’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । आइतबार निर्माताले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेका छन् । उनले यसअघि केही म्यूजिक भिडियो र विज्ञापनहरूमा काम गरिसकेकी छन् ।

८ वर्षअघि ‘लिटिल मिस हेरिटेज नेपाल’को उपाधि समेत जितेकी प्रशंसाको नयाँ म्यूजिक भिडियो ‘मनमाया’ अहिले चर्चामा छ । ‘चिरञ्जीवी भवः’मा अनुबन्धित भएकी उनी यस फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । फिल्मको कथावस्तु राम्रो लागेपछि काम गर्न तयार भएको उनको भनाइ छ ।

यो फिल्मलाई हास्य कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्नेछन् । उनको पहिलो निर्देशकीय फिल्म ‘परान’ले गत वर्ष व्यापारमा रेकर्ड राखेको थियो । फिल्मले घरेलु बक्स अफिसमा मात्र १७ करोडमाथि कमाएको थियो । ‘चिरञ्जीवी भवः’ उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ । यो फिल्म हजुरबुबा र नातीको कथामा बन्ने जनाइएको छ ।

फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् । कुमार र दीपकले यसअघि ‘भद्रगोल’ र ‘सक्किगोनि’ सिरियलमा सहकार्य गरेका थिए । फिल्ममा सविन अधिकारी र वसन्त न्यौपाने लेखकका रूपमा रहेका छन् । हाल स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरु गरिनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार