००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘महाराजधिराज’मा पूजा शर्मा अनुबन्धित

रङ्गमञ्च
रङ्गमञ्च
3 दिन अगाडि
74
‘महाराजधिराज’मा पूजा शर्मा अनुबन्धित
सारांश

काठमाडौं— निर्माता विराज विष्टले निर्माण गर्न लागेको नयाँ नेपाली फिल्म ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्मा औपचारिक रूपमा अनुबन्धित भएकी छन्। सामाज...

काठमाडौं— निर्माता विराज विष्टले निर्माण गर्न लागेको नयाँ नेपाली फिल्म ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्मा औपचारिक रूपमा अनुबन्धित भएकी छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विष्टले पूजा शर्माको आगमनले फिल्मको टिम अझ सशक्त बनेको बताएका छन्।

उनले ‘महाराजधिराज’को क्यानभासमा नयाँ रङ थपिएको उल्लेख गर्दै पूजा शर्माको सहभागितासँगै फिल्मको यात्रा अझ भव्य हुने विश्वास व्यक्त गरेका छन्। निर्माण टिमले दर्शक र समर्थकको माया तथा हौसलाले नै प्रोजेक्टलाई अगाडि बढाउने जनाएको छ।

‘महाराजधिराज’मा पूजा शर्माको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण पक्षले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

यसअघि नै अभिनेत्री केकी अधिकारी र अभिनेता पुष्प खड्का यस प्रोजेक्टमा अनुबन्ध भइसकेका छन्।

निर्माण टिमले चाँडै थप अपडेट सार्वजनिक गर्ने तयारी गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार