००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

'केटी फस्यो' गीतमा धिरन शाक्यसँग अनुसुया वन्त श्रेष्ठको अभिनय (भिडियोसहित)

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
51
'केटी फस्यो' गीतमा धिरन शाक्यसँग अनुसुया वन्त श्रेष्ठको अभिनय (भिडियोसहित)
सारांश
आशिष अविरलको अफिसियल युट्युबमा सार्वजनिक गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ।

काठमाडौं । धिरन शाक्य र अनुसुया वन्त श्रेष्ठको अभिनय रहेको नयाँ गीत केटी फस्यो सार्वजनिक भएको छ ।

आशिष अविरलको स्वर तथा संगित र अस्मिता अधिकारीको स्वर समावेश रहेको यो गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन्। गीत र भिडिओ मनोरञ्जनात्मक शैलीमा तयार पारिएको छ। भिडिओको कोरियोग्राफर रोशन विश्वकर्मा हुन् भने शान थापाको निर्देशनमा तयार भएको हो।

प्रेम, आकर्षण र हास्य(व्यंगात्मक भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, जुना सुन्दासलगायतको पनि नृत्य तथा अभिनय हेर्न सकिन्छ।

आशिष अविरलको अफिसियल युट्युबमा सार्वजनिक गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार