००:००:००
ट्रेन्डिङ
विश्व

इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २८
127
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह
सारांश
इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं । इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा सबै भारतीय नागरिकलाई आफू बसोबास वा कार्यस्थल नजिकै तोकिएका सुरक्षित आश्रयस्थल नजिकै रहन र सुरक्षित स्थानबारे जानकारी लिन आग्रह गरेको छ ।

साथै, अर्को सूचना जारी नभएसम्म इजरायलभित्र अनावश्यक आवतजावत नगर्न र स्थानीय समाचार, सरकारी घोषणा तथा आपतकालीन सूचनाहरू नियमित रूपमा अवलोकन गर्न अनुरोध गरिएको छ ।

आपतकालीन अवस्थाका लागि तेल अवीवस्थित भारतीय दूतावासको २४ घण्टे हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको र आवश्यकताअनुसार थप सूचना जारी गरिने पनि उल्लेख गरेको छ ।

यसैबीच, जोर्डनस्थित भारतीय दूतावासले पनि इजरायली आक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिक र पर्यटकलाई उच्च सतर्कता अपनाउन र व्यावसायिक उडान सेवा अवरुद्ध हुनुअघि सम्भव भएसम्म देश छोड्न आग्रह गरेको छ । आकस्मिक अवस्थाका लागि ं९६२–७७०४२२२७६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ । एएनआई

साझा गर्नुहोस्:

सम्बन्धित समाचार