००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
24
960
‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा
सारांश
वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् ।

काठमाडौं । वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् ।

उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत–नेपाल चलचित्र सहकार्यलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उक्त टोली हालै नेपालमा प्रदर्शन भएको चलचित्र ‘पेड्डी’ सँग पनि आबद्ध रहेको जनाइएको छ ।

प्रचारात्मक भ्रमणअन्तर्गत अभिनेता बेदीले काठमाडौंका विभिन्न चलचित्र हलको भ्रमण गरी दर्शक तथा प्रदर्शकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, उनले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यसैगरी, मण्डला थिएटरमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले ‘है जवानी तो इश्क होना है’ चलचित्रबारे जानकारी दिने छन् ।

आयोजकका अनुसार यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको बढ्दो सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, चलचित्रमार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्य राखिएको जनाइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार