मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘गौँथली’को बक्स अफिसमा दबदबा, २५ करोड ६८ लाख कमाउँदा ‘मास्टर्नी’को व्यापार कमजोर

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
66
1.8K
‘गौँथली’को बक्स अफिसमा दबदबा, २५ करोड ६८ लाख कमाउँदा ‘मास्टर्नी’को व्यापार कमजोर
सारांश

काठमाडौं । ब्लकबस्टर फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको स...

काठमाडौं । ब्लकबस्टर फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार फिल्मले १४ भदौ (आइतबार)सम्म २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ ।

उक्त अवधिसम्म ‘गौँथली’का ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री भएका छन् । फिल्मको यो व्यापारले नेपाली चलचित्रको बक्स अफिसमा नयाँ उचाइ कायम गरेको देखिन्छ ।

यता, भदौ ५ गतेदेखि प्रदर्शनमा आएको अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’ भने बक्स अफिसमा कमजोर देखिएको छ । बोर्डको विवरणअनुसार फिल्मले प्रदर्शनको पहिलो १० दिनमा ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । उक्त रकम ११ हजार ९९६ वटा टिकट बिक्रीबाट प्राप्त भएको हो ।

त्यस्तै, साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हली’ले १४ भदौसम्म २३ लाख ११ हजार २७० रुपैयाँ ग्रस कमाएको छ । फिल्मका ८ हजार ४६३ वटा टिकट बिक्री भएका छन् ।

साउन २९ गतेबाट प्रदर्शनमा आएको ‘लज्जावती’को व्यापार भने ७ लाख ७५ हजार ४७० रुपैयाँ रहेको छ । १७ दिनको अवधिमा फिल्म २ हजार ७३५ जना दर्शकले हेरेका छन् ।

यसैबीच, गत शुक्रबार अर्थात् १२ भदौदेखि प्रदर्शनमा आएको फिल्म ‘पार्वतीको आधिकारिक बक्स अफिस विवरण भने आगामी सोमबार सार्वजनिक हुने भएको छ । यद्यपि, प्राप्त जानकारीअनुसार फिल्मले १४ भदौसम्म ८५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ ।

‘पार्वती’को यो प्रारम्भिक व्यापारलाई सुखद मानिएको छ । ‘गौँथली’पछि पछिल्लो समय नेपाली फिल्मले गरेको यो दोस्रो ठूलो कमाइ भएको बताइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार