००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल १३
46
80
३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक
सारांश
यो सिरिज आगामी १७ अप्रिल २०२६ ९२०८३ वैशाख ४ गते० देखि औपचारिक रूपमा प्रसारण हुनेछ ।

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले आइतबार रिलिज गरेको ट्रेलरले दर्शकमाझ कौतुहलता र उत्साह जगाउने देखिन्छ ।

सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ ९बदला० मा केन्द्रित रहेको प्रष्ट पार्छ । यो सिरिजको मुख्य पात्र विजु पार्की रहेको ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ ।

यो कुनै पात्रको बाल्यकालको स्मृति वा कसैलाई दिइने बदलाको संकेत हुन सक्छ । रगतले लतपतिएका हातमा त्यो जहाज हुनुले यो सिरिजमा भावनात्मक बदलाको पाटो बलियो छ भन्ने बुझिन्छ ।

ट्रेलरमा कडा एक्सन दृश्यहरू, प्रहरी अनुसन्धानको प्रक्रिया र पात्रहरूबीचको द्वन्द्वलाई उच्च गुणस्तरको सिनेमेटोग्राफीमा देखाइएको छ । विशेषगरी बदलाको आगोमा जलिरहेको एक युवकको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । आगो, हतियार र अस्पतालको दृश्यहरूले सिरिजमा सस्पेन्सको मात्रा भरपूर रहेको संकेत गर्दछ ।

नेपाली वेब सिरिजहरू प्राय संवादमा बढी केन्द्रित हुने गरेकोमा ‘साहु बा’ ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ । ट्रेलरमा देखाइएका सडकका दृश्यहरू, गुडिरहेको गाडीमाथिको स्टन्ट, र गोदामभित्रका ‘कोरियोग्राफ्ड’ लडाइँका दृश्यहरू निकै मेहनतका साथ खिचिएका छन् । आगोका झिल्काहरू र हतियारको प्रयोगले यसलाई हार्डकोर एक्सन सिरिज बनाएको छ ।

ट्रेलरको अन्त्यमा देखाइएको भव्य रातो कुर्सीले ‘साहु बा’को सत्ता वा शक्तिको संघर्षलाई संकेत गर्छ । यो कुर्सीको मालिक को हो र त्यहाँ पुग्न कति रगत बग्छ भन्ने कुरा नै सिरिजको मुख्य क्लाइमेक्स हुन सक्छ ।

निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो । यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन्, जुन नेपाली वेब सिरिजको इतिहासमा निकै ठूलो संख्या हो ।

२४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ ।

यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।

आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

यो सिरिज आगामी १७ अप्रिल २०२६ ९२०८३ वैशाख ४ गते० देखि औपचारिक रूपमा प्रसारण हुनेछ । दर्शकले साँझ ६ बजेदेखि मोमो एपमा सम्पूर्ण एपिसोडहरू हेर्न पाउनेछन् भने साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार