००:००:००
ट्रेन्डिङ
खेलकुद

समूह चरणबाटै बाहिरिने संघारमा अस्ट्रेलिया : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’ मा प्रवेश

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १७
91
समूह चरणबाटै बाहिरिने संघारमा अस्ट्रेलिया : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’ मा प्रवेश
सारांश
उपाधि दाबेदार मानिँदै आएको अस्ट्रेलिया यो पटक भने समूह चरणबाटै बाहिरिने संघारमा रहेको छ ।

काठमाडौं । उपाधि दाबेदार मानिँदै आएको अस्ट्रेलिया यो पटक भने समूह चरणबाटै बाहिरिने संघारमा रहेको छ । जिम्बाबे र श्रीलंकासँगको लगातार हारपछि अस्ट्रेलिया समूह चरणबाटै बाहिरिने संघारमा देखिएको हो ।

अस्ट्रेलियाले अब ओमानसँग मात्र खेल्न बाँकी छ । यो जितले अस्ट्रेलियाको ४ अंक हुनेछ । यो समूहका रहेको श्रीलंका ६ अंकसहित सुपर एटमा प्रवेश गरेको छ भने जिम्बाबेसँग ४ अंक छ । अब जिम्बाबेले श्रीलंका वा आयरल्यान्ड मध्ये कुनै टिमसँग जित निकालेमा जिम्बाबे अर्को चरणमा प्रवेश गर्नेछ । अस्ट्रेलियाविरुद्ध ८ विकेटको सानदार जित निकालेसँगै श्रीलङ्का भने ‘सुपर एट’ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा २ विकेट गुमाएर भेटाएको हो ।

श्रीलङ्काका पथुम निसानकाले शतकीय पारी खेले । उनले ५२ बलमा अविजित १ सय रन बनाए । यस्तै, कुसल मेन्डिसले ५१ रन बनाए ।

श्रीलङ्काको पल्लेकलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर १ सय ८१ रन बनायो । अस्ट्रेलियाका ट्राभिस हेडले ५६ र कप्तान मिशेल मार्शले ५४ रन बनाए ।

समूह ‘सी’मा श्रीलङ्काका लगातार ३ खेल जित्दै ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

यस्तै, हिजो भएको खेलमा इटालीलाई हराउँदै इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश गरेको छ । इंग्ल्याण्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटाली १७८ रन बनाउँदै अलआउट भयो ।

त्यसअघि भारतको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाएर २०२ रन बनायो । इटालीलाई २४ रनले हराउँदै इंग्ल्याण्ड पनि ‘सुपर एट’ मा प्रवेश गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार