००:००:००
ट्रेन्डिङ
खेलकुद

सान्त्वना जितको खोजीमा नेपाल, अन्तिम खेलमा स्क्टल्यान्डको सामना गर्दै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १७
192
760
सान्त्वना जितको खोजीमा नेपाल, अन्तिम खेलमा स्क्टल्यान्डको सामना गर्दै
सारांश
समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्करण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।

नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो । इंग्ल्यान्डसँग १८५ रन पछ्याउँदै १८० रन बनाउन सफल नेपालले त्यसयता कमजोर प्रदर्शन गर्दै आएको छ । नेपालको ओपनिङ कमजोर रहँदै आएको छ भने नेपालको फिनिसिङ पनि कमजोर रहँदै आएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार