००:००:००
ट्रेन्डिङ
खेलकुद

इंग्ल्यान्डविरुद्ध नेपालको तेस्रो टी२० विश्वकप खेल, सोमपाल बेन्चमा, चार खेलाडीको डेब्यू

K
kiran adhikari
२०२६ फेब्रुअरी ८
183
500
इंग्ल्यान्डविरुद्ध नेपालको तेस्रो टी२० विश्वकप खेल, सोमपाल बेन्चमा, चार खेलाडीको डेब्यू
सारांश

नेपालले केही बेरमा इंग्ल्यान्डविरुद्ध टी२० पुरुष विश्वकप खेल्दै छ।

नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ। इंगल्यान्डविरुद्ध खेल्दा नेप...

नेपालले केही बेरमा इंग्ल्यान्डविरुद्ध टी२० पुरुष विश्वकप खेल्दै छ।

नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ। इंगल्यान्डविरुद्ध खेल्दा नेपालले तेस्रो पटक टी २० विश्वकप खेल्ने छ।

यो अवस्थामा नेपालबाट तीन पटक विश्वकप खेल्न लागेका एक मात्र खेलाडी सोमपाल कामी भने पहिलो रोजाइमा परेका छैनन्। उनी इंग्लयान्डस विरुद्धको खेलमा बेन्चमा रहेका छन्। उनले सन् २०१४ र २०२४ को विश्वकपमा सहभागिता जनाएका थिए।

नेपालबाट आज ४ खेलाडीले टी २० विश्वकपमा डेब्यू गर्दै छन्। जसमा शेर मल्ल, नन्दन यादव, आरिफ शेख र लोकेश बम रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार